प्रहरी उपरीक्षक श्याम कुमार राईकाे प्रमुख आतिथ्यतामा “अपराध अनुसन्धान ” बिषयक बिशेष अनुशिक्षण (घुम्ति प्रशिक्षण) तालिम सम्पन्न
वि.सं.२०८० चैत ९ शुक्रवार १६:५९
shares

महाेत्तरी । महाेत्तरी जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार राईकाे प्रमुख आतिथ्यतामा “अपराध अनुसन्धान ” बिषयक बिशेष अनुशिक्षण (घुम्ति प्रशिक्षण) तालिम सम्पन्न भएकाे छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरी बिच भएको कार्य सम्पादन सम्झौता अनुरुप २०८०।१२।०४ गते देखि संचालन भएको ६ दिने कार्य दिन अवधिको आवासिय प्र.ब.ह./प्र.ह./प्र.स.ह./प्र.ज. लक्षित “अपराध अनुसन्धान ” बिषयक बिशेष अनुशिक्षण (घुम्ति प्रशिक्षण) तालिम सम्पन्न भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार – १ जना , प्रहरी हवल्दार-३ जना , प्रहरी सहायक हवल्दार-२ जना र प्रहरी जवान -२९ जना गरी जम्मा ३५ जना प्रहरी कर्मचारीहरु सहभागी रहेको उक्त तालिम आज सम्पन्न भएकाे थियाे ।






























