नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तामाङलाई लुम्बिनीमा स्वागत

9K
shares

काठमाडौं । लुम्बिनी विकास कोषले नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङलाई लुम्बिनी विकास कोषको कार्यलयमा स्वागत गरेको छ।
संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले स्वागत गरेका हुन् ।

परराष्ट्र मन्त्रालय र अन्तरकन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन मन्त्री तामाङ लुम्बिनी आएका हुन् । कार्यक्रममा विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूत, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञ लुम्बिनी पुगेका छन् ।

सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले बिहीवार गरेका हुन् भने समापन नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले शुक्रबार गर्ने छन् । समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन बिहीबार देखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा शुक्रबार सम्म चल्ने छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083