प्रहरी उपरीक्षक श्याम कुमार राईकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न

महाेत्तरी । महाेत्तरी जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार राईकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय महाेत्तरीमा कार्यरत प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरी जिल्ला प्रहरी कार्यालय बाजुरा र प्रहरी नायव उपरीक्षक बिजय यादव ईलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी बाट जिल्ला प्रहरी कार्यालय बाग्लुङ सरुवा भएकाे हाे ।
सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र प्रहरी हवल्दार तथा जवान सहितकाे उपस्थितिमा “बिदाई तथा फेरी भेटौंला कार्यक्रम” सम्पन्न भएकाे थियाे ।
११ चैत २०८०, आइतवार १२:४० बजे प्रकाशित