फागु पूर्णिमाको अवसरमा ललितपुर प्रहरी कार्यलयद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

4.28K
shares

ललितपुर । होली तथा फागु पूर्णिमाको अवसरमा ललितपुर जिल्ला प्रहरी कार्यलयले शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।

फागु पुर्णिमा (होली) २०८० को अवसरमा जिल्ला प्रहरी परिसर ललितपुरमा आयोजित होली विशेष शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

शुभ-कामना आदान प्रदान कार्यक्रमकाे अवसरमा ललितपुर परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालले जसरी होलीमा विभिन्न रङ्गहरुको समिश्रणले शोभायमान देखिएको हुन्छ, त्यसरी नै विभिन्न जातजाति, भेषभूषा, धर्म, वर्ण, लिंग, सम्प्रदायबाट निर्मित प्रहरी परिवारमा पनि होलीको रङ्ग जस्तै समिश्रण एकता, आत्मीयता, भातृत्व र team spirit को भावना विकास गरेर अगाडि अपिल समेत गरेका छन् ।

उक्त कार्यक्रममा खनालले सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई होलीको रङ्ग लगाई साथै शुभकामना प्रदान गर्नु भयाे ।

कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक, निरीक्षक सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083