प्रादेशिक ललितकला प्रदर्शनी मन्त्री  तामाङ द्वारा उद्घाटन

Nepal Life Insurance Long Ad

काठमाडौ । बागमती प्रादेशिक ललितकला प्रदर्शनीको  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उद्घाटन गर्नुभएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संरक्षक मन्त्री तामाङले कार्यक्रम मार्फत बागमती प्रदेशका कलालाई नजिकबाट चिन्ने अवसर पाएको बताउनु भएको छ। बागमती प्रदेश कला, संस्कृतिसँगै भौगोलिक रूपमा पनि विविधतायुक्त भएको बताउँदै यसको संरक्षण तथा प्रवर्धनमा यस्ता प्रदर्शनीले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका हुन् ।

पुराना कलाकारबाट प्रेरणा, नयाँले सिर्जना र यी दुवैको संयोजनबाट देशको अर्थतन्त्रमा योगदान पु¥याउन सहयोग गर्ने जिकिर समेत गरेका छन् । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाको विकास, प्रवर्धन ललितकलाको ठूलो भूमिका भएको बताउदै छायाँमा परेका कलालाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रदेशमा तथा पालिकामा रहेका प्रतिष्ठानसँगको सहकार्यमा काम भएको जानकारी गराएका हुन् ।

उद्घाटन समारोहमा नेपाली ललितकलाको क्षेत्रमा निरन्तर साधनारत रही ललितकला क्षेत्रको संवर्धन एवम् प्रवर्धनमा उल्लेखनीय योगदान पु¥याएका अग्रज कलाकारहरू बाबुराज द्यःला, गौतमरत्न तुलाधर, चन्दा श्रेष्ठ, मिरा भट्टराई, साईला लामा ‘मंगल’, पूर्णप्रसाद ह्योजू, पुष्पाञ्जली शेरचनलाई सम्मान गरिएको छ।

प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्याय, पूर्वउपकुलपति ठाकुरप्रसाद मैनाली लगायतसँगै प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू पाल्साङ्मो लामा, संजय वान्तवा, अरूणा हिङ्माङ, प्राज्ञसभा सदस्य लालमान लामा, अशोक लामा, झिग्मे लामा, संगी श्रेष्ठ, बासुदेव श्रेष्ठ, प्रदीप शाक्य, सुन्दर सिंख्वाल, निरीमाया लामा, कृष्णप्रकाश शाह तथा अग्रज तथा नयाँ पुस्ताका कलाकारहरूको उपस्थिति रहेको हो।

प्रदर्शनीमा समसामयिक चित्रकला/मूर्तिकला, परम्परागत चित्रकला/मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलालगायतका विविध विधाअन्तर्गतका २१० कलाकारका २४१ भन्दा बढी कलाकृति राखिएको छ । प्रदर्शनी चैत १६ गतेसम्म चल्ने छ ।

१२ चैत २०८०, सोमवार १८:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु