प्रहरी निरीक्षक आधारभुत तालिम १८२ औं समूहका प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न

बिराटनगर । कोशी प्रदेश प्रहरी कार्यालयका कार्यलय प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङकाे प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक आधारभुत तालिम १८२ औं समूहका प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्धारा प्रहरी निरीक्षक पदमा नवनियुक्त भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागंज काठमाडौंमा तालिमरत १८२ औं समूहका १८ जना प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।
अन्तरक्रिया कार्यक्रम पश्चात तालिमरत प्रशिक्षार्थीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सम्पुर्ण शाखाहरुको अवलोकन गराईएको थियो ।
प्रशिक्षार्थीहरुलाई स्थलगत रुपमा प्रहरीको तल्लो स्तरसम्मको कार्यालयहरुमा खटाई व्यवहारिक रुपमा वस्तुस्थितिहरुसँग परिचित गराउने उद्देश्य अनुसार आज प्रदेश प्रहरी कार्यालय विराटनगरमा अन्तरक्रिया तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएकाे थियाे ।
१३ चैत २०८०, मंगलवार १८:४९ बजे प्रकाशित