होलीकाे अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

जनकपुर । होली तथा फागु पूर्णिमाको अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले शुभकामना आदान प्रदान कार्यक्रम गरेकाे छ ।

फागु पुर्णिमा (होली) २०८० को अवसरमा नेपाल प्रहरी  मधेश प्रदेश कार्यालय जनकपुरधाम, धनुषाको प्राङ्गणमा नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशको आयोजनामा आयोजित होली विशेष शुभ-कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे हाे ।

होलिको उपलक्षमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, धनुषाका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलले
प्रदेश मातहत सम्पुर्ण प्रहरी कर्मचारीहरुमा होलीको शुभकामना व्यक्त गर्दै प्रदेश कार्यलय जनकपुरमा  कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई टिका लगाई दिनु भएकाे थियाे ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेश संघकी अध्यक्ष  गरिमा कुमारी पोखरेलको संयोजकत्व रहेकाे थियाे ।

जनकपुरधाम, धनुषाका प्रहरी बरिष्‍ठ उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्ग, नेपाल प्रहरी श्रीमती संघ, मधेश प्रदेशकी उपाध्यक्ष  मिना गुरुङ्ग, उक्त  कार्यालयका प्रहरी बरिष्‍ठ उपरीक्षक ईश्‍वर कार्की, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम कुमार राईको उपस्थिती रहेकाे थियाे ।

साथै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषामा कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थितमा उक्त कार्यक्रम सम्पन्न भएकाे थियाे ।

१३ चैत २०८०, मंगलवार १९:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु