प्रहरी उपरीक्षक नवराज कार्कीको प्रमुख आतिथ्यतामा त्रिपक्षिय सम्झौता कार्यक्रम सम्पन्न

5.64K
shares

माेरङ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीको प्रमुख आतिथ्यतामा त्रिपक्षिय सम्झौता कार्यक्रम सम्पन्न भएको छ।

मोरङ जिल्ला कटहरी गाँउपालिका वडा नं. ३ स्थित कटहरी गाँउपालिकाको सभाहलमा कटहरी गाँउपालिका अध्यक्ष देवराज चौधरीको अध्यक्षतामा, गाँउपालिकाका उपाध्यक्ष, विभिन्न सामुदायिक तथा निजी विद्यालयका प्रधानाध्यापकहरु र वडाका जनप्रतिनिधीहरुकाे उपस्थितीमा त्रिपक्षिय सम्झौता कार्यक्रम सम्पन्न भएकाे हाे । 

नेपाल प्रहरी प्रधान कार्यालयले तयार पारेको स्थानिय तह-प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम अन्तरगतको पाठ्यक्रम गाँउपालिका अन्तरगतका सामुदायिक तथा निजी विद्यालयहरूमा लागु गरी अध्यापन गर्नको लागी कटहरी गाँउपालिका, जिल्ला प्रहरी कार्यालय मोरङ, प्रधानाध्यापकहरु बिच त्रिपक्षिय सम्झौता सम्पन्न भएकाे थियाे ।


divya collage
unigloble collage