प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.काे प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र के.सी.काे प्रमुख आतिथ्यमा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ।

आ.व. २०८०/०८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार  २०८०।१०।०३ गतेदेखी  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा संचालन भएको ५६ कार्य दिन अवधिको रेडियो अपरेटर ग्रेड थ्री तालिम (प्राविधिक प्रहरी जवान) छैठौं समुहको तालिम आज सम्पन्न भएकाे हाे ।


कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक निलम बहादुर भण्डारीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुका साथै धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्नुका साथै सफलतापूर्वक तालिम सम्पन्न गर्नु भएकोमा बधाई दिनु भई तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढङ्गबाट उपयोग गरी कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भयो । तालिममा ३५ (पुरुष- २५ र महिला-१० ) जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक दिल्लीराज बिष्ट,प्रहरी नायव उपरीक्षक भरत बहादुर चौधरी, प्रहरी नायव उपरीक्षक अजय कुमार जयसवाल लगायत सिनियर प्रहरी अधिकृत,जुनियर प्रहरी अधिकृत,तालिमका प्रशिक्षकहरु समेतको सहभागिता रहेको थियो ।

१३ चैत २०८०, मंगलवार २०:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु