प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजबाट प्रहरी वृत जनसेवामा सरुवा भएका प्रहरी नायब उपरीक्षक रुकेश तण्डुकारको फेरी भेटौंला कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा बिदाई भई जान लाग्नु भएका प्रहरी नायब उपरीक्षकज्यूले प्रतिष्ठानमा कार्यरत रहँदाको बखत प्रतिष्ठान परिवारले देखाएको सद्भाव, सदीक्षा र विश्वास प्रति आभार प्रकट गर्नुका साथै धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षकलाई प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गर्नुका साथै बिदाई कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कार्यकारी निर्देशकले प्रतिष्ठानमा रहदा प्रशिक्षण, व्यवस्थापकिय लगायत खेलकुद गतिविधिहरुमा सम्मिलित रही उत्कृष्ट कार्य सम्पादन गरेकोमा हार्दिक कृतज्ञता व्यक्त गर्नुका साथै आगामी दिनहरुमा समेत अझ प्रभावकारी रुपमा निष्पक्ष एवं त्रुटिरहित ढङ्गले प्रहरी सेवा प्रवाह गर्नुहुन भनि निर्देशन दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

१३ चैत २०८०, मंगलवार २०:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु