आर्थिक बर्ष २०८०/०८१ को तालिम क्यालेण्डर तर्जुमा गोष्टी समुद्घाटन कार्यक्रम सम्पन्न

4.97K
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा आर्थिक बर्ष २०८०/०८१ को वार्षिक तालिम क्यालेण्डरको समीक्षा तथा आ.ब. २०८१/०८२ को वार्षिक तालिम क्यालेण्डर तर्जुमा गोष्टी समुद्घाटन कार्यक्रम सम्पन्न भएकाे छ ।

नेपाल प्रहरीका प्रशिक्षण प्रदायक निकायहरुको आ.ब. २०८०/०८१ को वार्षिक तालिम क्यालेण्डरको समीक्षा तथा आ.ब. २०८१/०८२ को तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी २ दिने गोष्टी आज एक समारोहको बीच पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको सुभारम्भ भएकाे हाे ।


उक्त कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक उमेश राज जोशी , नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक सुरेन्द्र प्रसाद मैनाली, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य,  प्रतिष्‍ठानका सह-निर्देशकहरु, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयका प्राचार्य, प्रदेश प्रहरी तालिम केन्द्रहरुबाट पाल्नु भएका समादेशकहरु, प्रतिष्ठानका उप-निर्देशकहरु, काठमाण्डौ उपत्यका प्रहरी शिक्षालयका समादेशकहरु, नेपाल प्रहरी प्रधान कार्यालयका विभिन्न विभागिय ईकाईहरु र अन्य प्रहरी कार्यालयहरुबाट प्रतिनिधिका रुपमा पाल्नु भएका सिनियर प्रहरी अधिकृतहरु, अन्य सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृत लगायतको सहभागिता रहेको थियो ।

आगामी आर्थिक बर्ष २०८१/०८२ को तालिम क्यालेण्डर निर्माण सम्बन्धमा तालिम आवश्यकता पहिचान, हालसम्म तालिम प्राप्त जनशक्ति र तालिम प्राप्त गर्न बाँकी जनशक्ति विवरण, प्रशिक्षण निकायले आफ्नो प्रशिक्षण ईकाईको विशिष्टता तथा विज्ञता अनुसारको तालिम प्रस्ताव, ठूलो संख्यामा रहेका प्रहरी जवान तथा प्रहरी हवल्दारहरु तालिमको अभावमा वृत्ति विकासको अवसरबाट समेत वञ्चित रहेको गुनासोलाई ध्यान दिनुपर्ने जस्ता विषयहरुमा छलफल भएको थियो ।

२ दिने छलफल गोष्टी कार्यक्रमको समुद्घाटन गर्नु हुदैँ कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले सम्बोधनको क्रममा तालिम क्यालेण्डर वर्षभरमा संचालन हुने तालिमहरुको कार्यदिशा भएकोले तालिम आवश्यकताको पहिचान गर्नुपर्ने, जनताको सेवा गर्न सक्षम हुनुपर्ने, संगठनको आवश्यकता पुरा गर्ने, नयाँ प्रविधिको प्रयोगद्वारा अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान गर्न सक्ने जनशक्ति तयार गर्नुपर्ने, लक्षित समूहको पहिचान तथा अध्ययन गर्नुपर्ने र बजेटको समेत सिमिततालाई मध्यनजर गर्दै तालिम क्यालेण्डरको निर्माण गर्नु पर्नेमा जोड दिनु भयो ।

त्यसैगरी सम्बोधनकै क्रममा समयको माग बमोजिम गुणस्तरीय र प्रभावकारी तालिम प्रदान गर्न पाठ्यक्रमलाई परिमार्जन तथा परिस्कृत गर्नुका साथ-साथै आवश्यकता अनुसार नयाँ तालिम र पाठ्यक्रम निर्माण गर्नुपर्ने कुरा समेत बताउनु भएकाे थियाे ।