प्रहरी नायव उपरीक्षकहरुको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत १४ बुधवार १३:४३
shares

काठमाडौ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा प्रहरी नायव उपरीक्षकहरुको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएकाे छ ।
सरुवा भई नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव उपरीक्षकहरुको बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएकाे हाे ।
बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले विदाई भएर जान लाग्नु भएका प्रहरी नायव उपरीक्षकहरूले यस कार्यालयमा कार्यरत रहँदा आफूलाई प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँहरूलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो ।

प्रचलित कानूनलाई ध्यानमा राखेर मातहत प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै परिणाममुखी, व्यवसायिक तथा जनमुखी सेवा प्रवाह गर्न निर्देशन दिनुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले आगामी दिनमा आउन सक्ने सम्भावित चुनौतिलाई सामना गर्न तयार रहन र संगठनप्रति निष्ठावान भई निरन्तर लागिरहन समेत निर्देशन दिनु भयो ।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।
















