प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
जनकपुर । मधेश प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोखरेलकाे प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा प्रहरी निरीक्षक पदमा नियुक्त भई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महारागंज काठमाडौंमा तालिमरत १-१८२ औं समूहका २० जना प्रशिक्षार्थीहरुले मधेश प्रदेश प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेलसँग अन्तरक्रिया गरेका हुन् ।
तालिमरत प्रशिक्षार्थीहरुलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको सम्पुर्ण शाखाहरुको अवलोकन समेत गराईएको थियो ।
प्रहरी निरीक्षक आधारभूत तालिम पाठ्यक्रममा विभिन्न पेशागत सैद्धान्तिक विषयवस्तुका साथसाथै व्यवहारिक अध्ययन भ्रमण कार्यक्रम समावेश भएकोले प्रशिक्षार्थीहरुलाई स्थलगत रुपमा प्रहरीको तल्लो स्तरसम्मको कार्यालयहरुमा खटाई व्यवहारिक रुपमा वस्तुस्थितिहरुसँग परिचित गराउने उद्देश्य अनुरुप अन्तरक्रिया तथा अवलोक भ्रमण कार्यक्रम सम्पन्न भएको थियाे।
१४ चैत २०८०, बुधवार १४:५२ बजे प्रकाशित