कमल सापकोटा पर्यटन बोर्ड सदस्यमा नियुक्त

3.76K
shares

धादिङ । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा धादिङका कमल सापकोटा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीले धादिङका सापकोटालाई बोर्ड सदस्यमा नियुक्त गरेको हो ।
सापकोटा धादिङ नीलकण्ठ नगरपालिका ज्यामरुङ निवासी हुन् । सफल पर्यटन व्यवसायीका रुपमा परिचत सापाकोटा टुकी नेपाल मार्फत समाज सेवामा समेत क्रियाशिल छन् ।
फ्रान्सको वर्ल्ड युनिभर्सिटीले मानार्थ विद्यावारिधी पाएका उनी ‘सापकोटाले साउथ एसियन यूथ टुरिजम अवार्ड र २०१९’ सूर्य नेपाल आशा सामाजिक उद्यमशीलता अवार्ड २०११ तथा एसियाभरीको अन्तर्राष्ट्रिय सस्टेनेबल टुरिजम इन्सपाइरिङ स्टोरी कम्पिटीसन २०१३ अवार्ड, टुरिजम म्यान अफ दि इयर अवार्डजस्ता दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड, सम्मान तथा पुरस्कारहरु प्राप्त गरि सकेका छन् ।

उनी माउन्टेन डिलाइट्स ट्रेकिङ, काठमाडौं गार्डेन होम, दिदिज टेडर्स नामक ह्याण्डिक्राफ्ट, माउन्टेन डिलाइट टुर्स एण्ड ट्राभल, लगायतका कम्पनी सञ्चालन समेत हुन् ।