प्रहरी उपरीक्षक भरत बहादुर बि.क. काे प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरका निमित्त निर्देशक प्रहरी उपरीक्षक भरत बहादुर बि.क. काे प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ।

आ.व. २०८०/८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार २०८०/११/०९ गते देखि नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित “विशिष्ट ब्यक्तिको सुरक्षा (जु.प्र.अ.) तालिम” नवौं समूहको तालिम आज सम्पन्न भएकाे हाे ।

उक्त अवसरमा प्रमुख अतिथीले सहभागिहरूबाट आएका जिज्ञासाहरुको सम्बोधन गर्नु भई प्रमाणपत्र वितरण तथा तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाईका साथै तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो ।

साथै तालिम सह-संयोजक प्रहरी निरीक्षक रेशमलाल पौडेलले तालिम प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

१६ चैत २०८०, शुक्रवार १८:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु