प्रहरी उपरीक्षक रंजित सिंह राठौरकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

रुपन्देही । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको ( च.न. ५६५७) २०८०।१२।१५ गतेको पत्रादेशानुसार जनपद तर्फको प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत समेतमा कार्यरत प्रहरी सहायक हवल्दारहरुलाई एक कार्यक्रमका बिच रुपन्देहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरले हार्दिक बधाई तथा शुभकामना सहित दर्ज्यानी चिन्हद्वारा सु-शोभन गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा प्रहरी नाय उपरीक्षक, निरीक्षक,सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।

१६ चैत २०८०, शुक्रवार २०:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु