एआईजी सुशील सिंह राठौरद्वारा तिलगंगाको नवनिर्मित प्रहरी भवन उद्घाटन
वि.सं.२०८३ असोज ९ शुक्रवार १०:३६
shares

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घाटन गरिएको छ।
एक कार्यक्रमबीच एआईजी राठौरले नवनिर्मित प्रहरी भवनको उद्घाटन गर्नुभएको हो। नयाँ भवन निर्माणसँगै प्रहरी प्रभाग तिलगंगाबाट प्रदान हुँदै आएको सुरक्षा तथा प्रहरी सेवाले थप व्यवस्थित र प्रभावकारी रूप लिने अपेक्षा गरिएको छ।
नवनिर्मित पूर्वाधारले स्थानीय क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउन र नागरिकलाई छिटो तथा चुस्त प्रहरी सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। प्रहरी कार्यालयका लागि आवश्यक भौतिक पूर्वाधार विस्तारसँगै प्रहरी कर्मचारीलाई कार्यसम्पादनमा सहजता हुने तथा सेवाग्राहीलाई समेत गुणस्तरीय सेवा प्रदान गर्न थप सुविधा पुग्ने जनाइएको छ।
























