डिएसपी अनिल अधिकारीको फौजी परम्परा अनुसार कार्यक्रमका साथ बिदाई
वि.सं.२०८० चैत १६ शुक्रवार २२:३९
shares

काठमाडौ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल अधिकारीको फौजी परम्परा अनुसार एक कार्यक्रमका साथ बिदाई गरिएकाे छ ।
फुटवल जीवनमा उत्कृष्ट प्रदर्शन गर्दै फरक ईतिहास रच्न सफल भएको डिएसपी अनिल अधिकारी नेपाल प्रहरी सेवामा कार्यरत रहँदा स्वदेश एवं UN MISSION बिदेशमा समेत गई आफूलाई सुम्पिएको जिम्मेवारी उत्कृष्ट तवरले सम्पादन गर्दै आफूलाई दिएको जिम्मेवारी ईमान्दार, पूर्ण लगनशील, उच्च व्यवसायीक एवं कुशलतापूर्वक निर्वाह गरी गरिमामय संगठनको डिएसपी जस्तो महत्वपूर्ण ओहदा एवं जिम्मेवारी बहन गर्दै २९ वर्ष ७ महिनाको कार्यकाल पूरा गरी सेवानिवृत्त भएका हुन् ।

डिएसपी अनिल अधिकारीलाई जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीद्वारा भव्य कार्यक्रमको आयोजना गरी मायाको चिनो समेत प्रदान गरी फुटवल जीवन एवं व्यवसायीक जीवनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अनिल अधिकारीलाई सेवा निवृत्त व्यक्तिगत, पारिवारिक एवं सामाजिक जीवनको उच्चतम सफलताको साथै सु-स्वास्थ्य तथा दिर्घायुको कामनासहित बिदाई कार्यक्रम सम्पन्न भएको थियाे ।
उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नबराज अधिकारी, परिसर मातहतका वृत प्रमुखहरु, सिनियर / जुनियर प्रहरी अधिकृतहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।































