प्रहरी उपरीक्षक श्याम कुमार राईकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न

महाेत्तरी । जिल्ला प्रहरी कार्यालय महाेत्तरीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार राईकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएको छ ।
जनपद प्रहरी समुहतर्फको प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा एक तह पदोन्नती भएका प्रहरी सहायक हवल्दारहरुलाई प्रहरी उपरीक्षक श्याम कुमार राईले बधाई दिदै दर्ज्यानी चिन्हद्वारा सु-शोभन प्रदान गर्नु भएकाे थियाे ।
उक्त कार्यक्रममा प्रहरी निरीक्षक, सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।
१६ चैत २०८०, शुक्रवार २२:२२ बजे प्रकाशित