दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत १६ शुक्रवार २३:२७
3.85K
shares
shares

काठमाडौ । जिल्ला प्रहरी परिसर, काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएको छ ।
जनपद प्रहरी समुहतर्फको प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा एक तह पदोन्नती भएका प्रहरी सहायक हवल्दारहरुलाई प्रहरी बरिष्ठ उपरीक्षक खत्रीले बधाई दिदै दर्ज्यानी चिन्हद्वारा सु-शोभन प्रदान गर्नु भएकाे थियाे ।

उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नवराज अधिकारी, प्रहरी नायब उपरीक्षक, निरीक्षक, सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।

































