प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएकाे छ ।

प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका २ जना प्रहरी सहायक हवल्दारहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हाे ।

दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनुहुदै प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।

सुशोभन कार्यक्रममा, प्रहरी बरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

१६ चैत २०८०, शुक्रवार २३:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु