प्रहरी उपरीक्षक रुपेश खड्काकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी सहायक हवल्दारहरुलाई प्रहरी उपरीक्षक रुपेश खड्काले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको हाे ।

 

दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिदै प्रहरी उपरीक्षकले सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।

उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक, निरीक्षक, सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।

१७ चैत २०८०, शनिवार ००:०१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु