डिआईजी यज्ञ बिनोद पोखरेलकाे प्रमुख आतिथ्यतामा “बिदाई तथा फेरी भटौला” कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत १७ शनिवार ००:२०
5.81K
shares
shares

जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलकाे प्रमुख आतिथ्यतामा बिदाई तथा फेरी भटौला कार्यक्रम सम्पन्न भएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंह जिल्ला प्रहरी कार्यालय मनाङमा सरुवा भएका हुन्।
डिएसपी सिंहलाई मधेश प्रदेश प्रहरी प्रमुख यज्ञ बिनोद पोखरेलद्वारा फुलमाला लगाई मायाको चिनो प्रदान गरी बिदाई गर्नु भएको हाे ।

उक्त कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक . ईश्वर कार्कीज्यू, प्र.ना.उ. अभय कुमार झाज्यू, प्र.नि. संजिव योञ्जन, प्र.नि. शेखर जंग थापा, प्र.नि. बिमल कार्की लगायत जु.प्र.अ. तथा प्र.ह./प्र.ज.हरुको उपस्थिती रहेको थियो ।
































