डिआईजी पाेखरेलद्वारा बढुवा भएका प्रहरी सहायक हवल्दारहरुलाई दर्ज्यानी चिन्ह प्रदान
जनकपुर । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक यज्ञ बिनोद पोखरेलकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी सहायक हवल्दारहरुलाई डिआईजी पाेखरेलले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको हाे ।
दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिदै डिआईजी यज्ञ बिनोद पोखरेलले सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।
उक्त कार्यक्रममा कार्यलयमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक ईश्वर कार्की, प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक, निरीक्षक, सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।
१७ चैत २०८०, शनिवार ०८:१५ बजे प्रकाशित