काे हुन् तेक्वान्दो महिला खेलाडी काजल श्रेष्ठ !

श्रेष्ठले तेह्र वर्षको उमेरमा कोटेश्वर तेक्वान्दो दोजाङमा तेक्वान्दो खेल्न थालेकी थिईन्

Nepal Life Insurance Long Ad

काठमाडौ । तेक्वान्दो महिला खेलाडी काजल श्रेष्ठकाे जन्म  २१ नाेभेम्बर १९९७ मा सिन्धुपाल्चोक जिल्लामा भएको हाे । उनी एक नेपाली तेक्वान्दो अभ्यासी साथै १३ औं दक्षिण एसियाली खेल २०१९ मा काठमाडौं, नेपालमा आयोजित स्वर्ण पदक विजेता हुन्।

श्रेष्ठले फाइनलमा पाकिस्तानकी सैयद जादी सिद्रा बटूललाई ​​५०–१४ ले हराईन्। २०१४ मा पन्ध्र वर्षको उमेरमा उनी आफ्नो राष्ट्र नेपालको प्रतिनिधित्व गर्दै ताइपेई, ताइवानमा आयोजित जुनियर विश्व च्याम्पियनसिपको लागि छनोट भइन् जहाँ उनी चीनसँग पराजित भएकी थिइन्।

श्रेष्ठले तेह्र वर्षको उमेरमा कोटेश्वर तेक्वान्दो दोजाङमा तेक्वान्दो खेल्न थालेकी थिईन् । उनले नेकोस राष्ट्रिय खेलमा सबैभन्दा बढी स्वर्ण पदक जित्ने कीर्तिमान र दुई पटकको उत्कृष्ट खेलाडीको कीर्तिमान राखेकी छिन्। सन् २०१६ देखि यस्तै उपलब्धि हासिल गरेका कारण उनी सुश्री संगिना वैद्यको प्रशिक्षकमा र सन् २०१८ देखि दीपक विष्टको प्रशिक्षकमा रहेको नेपाली आर्मी क्लबसँग आवद्ध भइन् । त्यसयता उनले सीओएएस ट्रफी राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण पदकको ह्याट्रिक गरिन् । काजलले कोरियन एम्बेसडर नेशनल च्याम्पियनसिपमा दुई पटकको उत्कृष्ट खेलाडीको अवार्डसहित स्वर्ण पदक जितेर ह्याट्रिक गरिन् ।

यसका साथै उनले दोस्रो मनमोहन अधिकारी मेमोरियल अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०१२, नेपालमा सम्पन्न पहिलो एभरेष्ट राष्ट्रिय खेल २०१५, मलेसियाको कुचिङमा सम्पन्न सरावाक मुख्यमन्त्री बोर्नियो कप २०१९, मलेसियाको दोस्रो इन्डिया ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०१२ जस्ता विभिन्न इभेन्टमा धेरै स्वर्ण पदक जितिसकेकी छिन् । जयपुर, भारत र धेरै राष्ट्रिय प्रतियोगिताहरूमा उनले जिति सकेकी छिन् ।

(यस्ताे छ उनकाे सफलता हेर्नुस् )

उत्कृष्ट खेलाडीको अवार्ड

२०१३ छैठौं कोरियाली राजदूत राष्ट्रिय, तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल, २०१३ दोस्रो नेकोस राष्ट्रिय तेक्वान्दो, च्याम्पियनसिप – काठमाडौं, नेपाल, २०१५ सारवाक मुख्यमन्त्री बोर्नियो कप कुचिङ, मलेशिया, २०१५ – ७ औं कोरियाली राजदूत राष्ट्रिय, तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल, २०१५ चौथो स्युचार राष्ट्रिय तेक्वान्दो, च्याम्पियनसिप – काठमाडौं, नेपाल, २०१६ चौथो नेकोस राष्ट्रिय तेक्वान्दो, च्याम्पियनसिप – काठमाडौं, नेपाल,२०१९  COAS ट्रफी – काठमाडौं, नेपाल, २०२०  UUNTF महिला प्लेयर अफ द इयर: UUNTF नेपाल द्वारा अवार्ड ।

राष्ट्रिय खेलकुद

सन् २०१२ पहिलो सिन्धु राष्ट्रिय तेक्वान्दो,च्याम्पियनसिप – सिन्धुपाल्चोक, नेपाल, सन् २०१२ पहिलो नेकोस राष्ट्रिय तेक्वान्दो, च्याम्पियनसिप – काठमाडौं, नेपाल, G २०१३ दोस्रो नेकोस राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल, सन् २०१३ चौथो कोटेश्वर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल, G २०१३ छैठौं कोरियाली राजदूत राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल,B २०१३ पहिलो लुम्बिनी राष्ट्रिय खेलहरू – लुम्बिनी, नेपाल, G २०१५ पहिलो सगरमाथा राष्ट्रिय खेल – काठमाडौं, नेपाल, G २०१५ तेस्रो नेकोस राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल,
G २०१५ साताै औं कोरियाली राजदूत राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल, G २०१५ पहिलो महिला राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल, G २०१५ चौथो स्युचाटार राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल, G २०१६ चौथो नेकोस राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल

२०१७ COAS ट्रफी – काठमाडौं, नेपाल
G २०१७ अाठ औं कोरियाली राजदूत राष्ट्रिय
तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल
G २०१८ COAS ट्रफी – काठमाडौं, नेपाल
२०१९ COAS ट्रफी – काठमाडौं, नेपाल
B २०१९ अाठ औं राष्ट्रिय खेलकुद – भैरहवा,नेपाल, २०२२ औँ राष्ट्रिय खेलकुद – पोखरा, नेपाल
दश औं कोरियाली राजदूत राष्ट्रिय भर्चुअल तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल

अन्तर्राष्ट्रिय खेलहरू

G २०१२ दोस्रो मनमोहन अधिकारी स्मृति अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल
G २०१५ सारवाक मुख्यमन्त्री बोर्नियो कप (उत्कृष्ट खेलाडी) – कुचिङ, मलेशिया
B २०१६ विश्व तेक्वान्दो हनमाडाङ (एसियाली महादेश च्याम्पियनसिप) (क्योरुगी) – पोखरा, नेपाल
B २०१६ विश्व तेक्वान्दो हनमाडाङ (ब्रेकिङ) – पोखरा, नेपाल
G २०१७ दोस्रो इन्डिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप – जयपुर, भारत
G २०१७ पहिलो महिला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप – नेपाल
G २०१८ दोस्रो काठमाडौं क्योरुगी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल
बी २०१९ चाइना ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप – सियान चाइना
G २०२० नेपाल ओपन भर्चुअल स्पीड किक तेक्वान्दो च्याम्पियनसिप – काठमाडौं, नेपाल
G २०२१ पहिलो नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, नेपाल
$ २०२३ अाठ औं Daejeon MBC कप अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनशिप, दक्षिण कोरिया
२०२४ दशाै औं जुनियर विश्व च्याम्पियनशिप

१७ चैत २०८०, शनिवार ०९:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु