पूर्व न्यायाधीश श्रीकृष्ण भट्टराईकाे प्रमुख आतिथ्यतामा “साइबर सुरक्षा सम्बन्धित अपराध” विषयमा छलफल कार्यक्रम सम्पन्न

5.88K
shares

काठमाडौं ।  पूर्व न्यायाधीश श्रीकृष्ण भट्टराईकाे प्रमुख आतिथ्यतामा साइबर सुरक्षा र सम्बन्धित अपराध विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।

स्टुडेन्टस् ल फर्मका सदस्यहरूले साइबर सुरक्षा र सम्बन्धित अपराध शीर्षकमा एक छलफल कार्यक्रम  आयाेजना गरेका हुन् । कार्यक्रमको व्यवस्थापन प्रतिज्ञा आचार्य र स्टुडेन्टस् ल फर्मका सदस्यहरूले  गरेका  थिए ।

उक्त कार्यक्रममा डा. राजीव सुब्बा ,आयोजक प्यानलबाट ४ जना आनन्दराज खनाल, श्री प्रकाश ज्ञवाली,इन्जिनियर दिपेश जोशी र अधिवक्ता श्रीमती सरस्वती शाह उपस्थित रहेको थियाे ।

कार्यक्रममा चलिरहेको सम्बन्धित साइबर अपराधहरू पहिचान चोरी, घोटाला, जालसाजी, बाल पोर्नोग्राफी, गोपनीयता उल्लङ्घन, मानहानि, मोर्फिंग, नक्कली प्रोफाइल र हनी ट्रयापमा पार्ने जस्ता विषयमा छलफल गरिएको थियो। महिलाहरू साइबर अपराधका प्रमुख पीडित भएकाले उनीहरूमाथि हुने दुर्व्यवहारको विरुद्धमा उजुरी गर्ने वा आवाज उठाउने साहस नभएकाले महिलालाई उजुरी दर्ता गराउने वातावरण कसरी बनाउने भन्ने विषयमा छलफल भएको थियो ।

 कार्यक्रममा विभिन्न संघसंस्था, कलेज र युनिभर्सिटी लगायतबाट ४५ देखि ५० जनाको सहभागीता थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083