प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न

4.6K
shares

ललितपुर । ललितपुर जिल्ला प्रहरी कार्यलयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी सहायक हवल्दारहरुलाई एसएसपी खनालले ललितपुर जिल्ला प्रहरी कार्यलयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको हाे ।

दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिदै एसएसपी शेखर खनालले सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।

उक्त कार्यक्रममा कार्यलयमा कार्यरत प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक, निरीक्षक, सिनियर / जुनियर प्रहरी अधिकृतहरुकाे उपस्थिति रहेको थियाे ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083