मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण तालिम दोस्रो समुहको समुद्घाटन

4.58K
shares

विराटनगर । कोशी प्रदेश सभा सचिवालय विराटनगरको तत्वावधानमा ७ कार्यदिनको मर्यादापालकको दक्षता अभिवृद्धि अनुशिक्षण तालिम दोस्रो समुहको समुद्घाटन भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आज उक्त तालिमको उद्घघाटन भएको हो ।

उद्घघाटन कार्यक्रममा बोल्नु हुदै प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाले तालिमको माध्यमबाट कार्यक्षेत्रमा कार्य सम्पादन गर्न थप टेवा पुग्ने भएको हुँदा तालिम अवधीभर अनुशासित र लगलशिल भई प्रशिक्षण लिन हुन निर्देशन दिनु भएको छ ।

साथै उहाँले प्रदेशकै महत्वपुर्ण तथा सम्वेदनशिल स्थानमा रहेर त्रुटीरहित तबरले कार्य सम्पादन गर्नु पर्ने भएको हुनाले अझ प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहज होस भन्ने उदेश्यले यो तालिम संचालन गरिएको बताउनु भयो ।

उद्घघाटन कार्यक्रममा प्रहरी अधिकृतहरु तथा जवानहरुको उपस्थिति रहेको थियो । उक्त तालिममा कोशी प्रदेश सभामा कार्यरत रहेका प्रहरी कर्मचारी लगायत मातहतका जिल्लाहरुमा कार्यरत रहेका जु.प्र.अ. देखी प्र.ज. सम्मका २६ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहने छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083