प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएकाे छ ।

जनपद समुह तर्फ प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका १८ जना प्रहरी कर्मचारीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको हाे।

 

दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले पदोन्नति सँगै प्राप्त थप जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न साथै प्रहरी आचरण तथा व्यवहारमा रही बर्दी र प्रहरीको मर्यादा कायम राख्न समेत निर्देशन दिनुभयो ।

सुशोभन कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक उमेश राज जोशी, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

 

१९ चैत २०८०, सोमवार १६:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु