यूएसए ओपन करातेमा स्वर्ण पदक बिजेता एरिका गुरुङलाई एआईजी सन्दिप भण्डारीद्वारा बधाई तथा शुभकामना
वि.सं.२०८० चैत १९ सोमवार २०:४४
shares

काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले यूएसए ओपन करातेमा स्वर्ण पदक बिजेता एरिका गुरुङलाई बधाई तथा शुभकामना दिएका छन् ।
खेलाडी एरिका गुरुङले अमेरिकाको टेक्सासमा सम्पन्न यूएसए ओपन करातेमा स्वर्ण पदक जिते पछि एआईजी भण्डारीले राष्ट्रिय प्रहरी प्रतिष्ठानकाे तर्फबाट उनलाई बधाई दिएका हुन् ।
उनले २१ वर्षमुनिको एलिट क्याटेगोरीमा ६८ केजी प्लस तौल समूहतर्फ स्वर्ण जितेकी हुन्।
एरिकाले फाइनलमा अमेरिकी खेलाडी सिरस लिङ्गललाई ५-१ ले हराउँदै स्वर्ण जितेकी हुन् । त्यसैगरी, उनले कराँते च्याम्पियनसिपको समग्रमा पनि रजत पदक जितेकी छन् ।
एरिकाले आफ्नो पहिलो फाइटमा क्यानडाकी खेलाडीलाई पराजित गरेकी थिइन् । आयोजक देशकै खेलाडीलाई सेमिफाइनलमा हराउँदै एरिकाले फाइनल यात्रा तय गरेकी थिइन् ।
गत असोजमा चीनमा सम्पन्न १९औं एसियाली खेलकुदमा उनले रजत जितेकी थिइन् । नेपालबाट सहभागी बनेका अर्का खेलाडी विप्लभलाल श्रेष्ठ भने ८४ केजी मुनि तौल समूहको सेमिफाइनलबाट बाहिरिएका थिए । क्यानडाका खेलाडीसँग ५-५ को बराबरीपछि सेन्सुका आधारमा विप्लभ फाइनल पुग्न असफल भएका थिए ।































