“अपरहण तथा शरीर वन्धक एवं संगठित अपराध सम्बन्धी अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम तेश्रो समूहको अन्तर्क्रिया तथा दीक्षान्त समारोह सम्पन्न”

Nepal Life Insurance Long Ad

काठमाडौ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक  सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा  “अपरहण तथा शरीर वन्धक एवं संगठित अपराध सम्बन्धी अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम तेश्रो समूहको अन्तर्क्रिया तथा दीक्षान्त समारोह सम्पन्न” भएको छ ।

नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा २०८०।१२।०१ गतेबाट सञ्चालित “अपरहण तथा शरीर वन्धक एवं संगठित अपराध सम्बन्धी अनुसन्धान (सि.प्र.अ./जु.प्र.अ.) तालिम तेश्रो समूह”मा सहभागी प्रशिक्षार्थीहरुसँग अन्तर्क्रिया गर्नु भएको हाे ।

उक्त कार्यक्रममा प्रशिक्षार्थीहरुका जिज्ञासा माथि प्रकाश पार्दै प्रशिक्षार्थीहरुलाई तालिमको विषयबस्तु, विद्यमान चुनौती र अपराध अनुसन्धानको क्रममा देखिने व्यवहारिक समस्याहरु र सोको समाधानका उपायहरु र तालिमबाट प्राप्त सिकाईको क्रममा आर्जित ज्ञान र सीपको उच्चतम प्रयोग गर्न सुझाव सहितको निर्देशन सम्बोधन गर्नुभएको थियो ।

साथै उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण-पत्र वितरण गर्नुको साथै प्रशिक्षार्थीहरुले तालिमको दौरानमा पालना गरेका यस प्रतिष्ठानको मुल्य, मान्यता तथा सिकाई प्रतिको लगाव र प्रदर्शन गरेका अनुशासनको उच्च प्रशंसा गर्नुका साथै प्रशिक्षार्थीहरुलाई आ-आफ्नो कार्यक्षेत्रमा सुम्पिएको जिम्मेवारीमा आफुलाई अब्बल अनुसन्धानकर्ताको रुपमा प्रमाणित गर्ने तर्फ उत्प्रेरणा सहितको अमूल्य निर्देशन मन्तव्य समेत राखी दीक्षान्त समारोह सम्पन्न भयो ।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्‍ठ उपरीक्षक दिपेन्द्र जि.सी. रा.प्र.प्र.प्र.का सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर राणा लगायत अन्य सि.प्र.अ. तथा जु.प्र.अ.हरुको समेत सहभागिता रहेको थियो ।

२० चैत २०८०, मंगलवार १८:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु