एआईजी सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “राज्य तथा सुरक्षा व्यवस्थापन” सम्बन्धि बिषयमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत २३ शुक्रवार १६:१८
shares

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा “राज्य तथा सुरक्षा व्यवस्थापन” सम्बन्धि बिषयमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षणरत “आधारभूत प्रशासन प्रशिक्षण (Basic Administration Training-BAT)” ३८ औं समूहका ५४ जना नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका प्रशिक्षार्थी अधिकृतहरु नेपाल प्रशासनिक प्रतिष्ठानका अध्ययन उप-निर्देशक शैलजा उपाध्यायको नेतृत्वमा स्थलगत अध्ययन भ्रमणमा अाएका प्रतिष्ठानका प्र.ना.उ. कौशल कुमार बुढाथोकीले स्वागत गर्नु भएको थियाे ।

प्रतिष्ठानको अर्पणसभा हलमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले “राज्य तथा सुरक्षा व्यवस्थापन” सम्बन्धि बिषयमा प्रस्तुतिकरण तथा अन्तरक्रिया गर्नु भई प्रशिक्षार्थीहरूले उठाएका जिज्ञासाहरूको सम्बोधन गरे पश्चात प्रशिक्षार्थीहरुलाई प्रतिष्ठानमा रहेको Crime Scene Laboratory मा Finger Print Lifting, घटनास्थलको सुरक्षा जाँच र Court simulation सम्बन्धी Demonstration प्रतिष्ठानको प्राङ्ग्रणमा सम्पन्न गराई चियापान कार्यक्रम पश्चात दिनको १:०० बजे प्रशिक्षण तथा अवलोकन भ्रमण कार्यक्रम समापन भएको थियो ।
उक्त कार्यक्रममा प्रशिक्षार्थीहरूको तर्फबाट यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यूलाई उत्कृष्ट प्रस्तुतीकरण तथा जिज्ञासाहरूको सम्बोधन गरी लाभान्वित गराउनु भएकोमा धन्यवाद ज्ञापन समेत गर्नु भएको थियो ।
































