सवारी साधनको स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्ने कार्यमा संलग्न व्यक्तिलाई कारवाही गर्ने सम्बन्धी सचेतनामूलक स्टिकर टाँस्ने अभियान सुभारम्भ कार्यक्रम सम्पन्न

3.47K
shares

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाकाे प्रमुख आतिथ्यतामा सवारी साधनको स्वरुप परिवर्तन (Modify) गरी ध्वनी प्रदुषण गर्ने गराउने कार्यमा संलग्न व्यक्तिलाई कारवाही गर्ने सम्बन्धी सचेतनामूलक स्टिकर टाँस्ने अभियान सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको सहकार्यमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ९ नयाँवजार स्थितमा मोटरसाइकल वर्कसप संचालक, रिकन्डिसन हाउस, नम्बर प्लेट बनाउने स्थान आदीका संचालक, व्यवसायी तथा मजदुरहरुसंग सवारी साधनको स्वरुप परिवर्तन (Modify) गरी ध्वनी प्रदुषण गर्ने गराउने कार्यमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्ने सम्बन्धी सचेतनामूलक स्टिकर टाँस्ने अभियान सुभारम्भ कार्यक्रम सम्पन्न भएको हाे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाज्यूको प्रमुख आतिथ्यता तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुलीज्यूको अध्यक्षतामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्र.नि. भानु शर्मा, विभिन्न प्रहरी कार्यालयका प्रमुख, कास्की जिल्ला स्थित सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष एवं पदाधिकारीहरु, विभिन्न मोटरसाईकल वर्कसप संचालक तथा व्यवसायीहरु, पत्रकार लगायत अन्दाजी १५० जनाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा वोल्नु हुँदै प्रहरी उपरीक्षक मोहन कुमार थापाले कास्की जिल्ला पर्यटकिय राजधानी समेत घोषणा भईसकेको र रात्रीकालीन व्यवसाय २४ सै घण्टा खुल्ला रहेको अवस्थामा समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम राख्न वर्कसप संचालकहरुको समेत महत्वपूर्ण जिम्मेवारी हुने हुँदा त्यस्तो गैरकानूनी कार्य नगर्न र अनधिकृत रुपमा स्वरुप परिवर्तन गराउन खोज्ने व्यक्तिहरुको सम्बन्धमा प्रहरीलाई खवर गरी कानून कार्यान्वयन गर्न सहयोग गर्न समेत अनुरोध गर्नु भएको थियो ।

कोही कसैले गैरकानूनी रुपमा स्वरुप परिवर्तन गरे गराएमा कानूनी कारवाही समेत हुने जानकारी समेत गराउनु भएको र सोही विषयमा व्यवसायीहरुबाट उठेका जिज्ञासाहरुको समेत सम्बोधन गर्नु भएको थियो ।

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083