नागरिक सुनुवाई तथा शान्ती सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत २३ शुक्रवार १९:४९
shares

ललितपुर । गोदावरी नगरपालिका नगर प्रमुख गजेन्द्र महर्जनकाे प्रमुख आथित्यता, जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक शेखर खनालको बिशेष आथित्यतामा नागरिक सुनुवाई तथा शान्ती सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत चापागाउँ, ललितपुरको सँयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हाे ।

प्रहरी वृत्त चापागाउँ ललितपुरको क्षेत्राधिकार भित्रपर्ने वडा एरियाका स्थानिय पालिका प्रमुख तथा जन प्रतिनिधीहरू समाजसेबी बुद्धिजिवी भद्रभलादमी नागरिक समाज मानव अधिकार कर्मी महिला अधिकार कर्मी पत्रकारज्युहरु, बिभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, उद्योगी व्यपारी र सर्वसाधारण हरुको उपस्थितिमा प्रहरी बृत चापागाउँ ललितपुरको प्राङगणमा नागरिक सुनुवाई तथा शान्ती सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियाे ।































