लागुऔषध दुर्ब्यसनी तथा साईबर क्राईम सम्बन्धी सचेततनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्ब्यसनी तथा साईबर क्राईम सम्बन्धी सचेततनामुलक अन्तरक्रिया एवं नयाँ वर्ष को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं नगरपालिका ४ दियो महल आनन्दमार्ग, धुम्बाराहीमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेवीको आयोजना एंव प्रहरी वृत्त महाराजगंज र प्रहरी वृत्त मालिगाँऊको सहकार्यमा सामुदायिक सेवा केन्द्र, टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेको सभा अध्यक्षतामा लागु औषध दुर्ब्यसनी तथा साईबर क्राईम न्युनिकरण सम्बन्धी सचेततनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।

उक्त कार्यक्रममा काठमाडौं नगरपालिका ४ का वडा अध्यक्ष दिनेश महर्जन, पुर्व सचिव श्याम प्रसाद मैनाली, पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाह , प्रहरी वृत्त महाराजगंज र प्रहरी वृत्त मालिगाँऊका डिएसपी उपत्यका प्रहरी कार्यालयका सामुदायिक शाखाका डिएसपी लगायत उक्त वडा एरियाका उच्च माध्यमिक विद्यालयका प्रिन्सिपलहरु तथा कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियाे ।

२९ चैत २०८०, बिहीवार २०:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु