प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीकाे प्रमुख आतिथ्ययतामा अन्तरक्रिया एवम् निर्देशन कार्यक्रम सम्पन्न

धनुषा । जिल्ला प्रहरी कार्यलय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीकाे प्रमुख आतिथ्ययतामा अन्तरक्रिया एवम् निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यालयको प्राङ्गणमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सि.प्र.अ.,जु.प्र.अ.लगायत सम्पुर्ण प्रहरी कर्मचारीहरुसँग अन्तरक्रिया गर्नु भएको हाे ।
जिल्ला प्रहरी कार्यालयको अपराध रोकथाम ,नियन्त्रण ,अनुसन्धान रणनितिहरु ,कार्य योजना ,राजश्व छलि नियन्त्रणमा अपनाउनु पर्ने रणनितिहरु,लागु औषध विरुद्ध अपनाईने रणनिति एवम् कार्यक्रमहरु, वण पैदावार तथा प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गरीने अगामि रणनितिहरु, जनचेतना मुलक कार्यक्रम संचालन, विपद पुर्व तयारी तथा प्रतिकार्य ,समन्वय ,सडक सुरक्षा ,प्रहरी कर्मचारीहरुको शारिरिक तथा मानसिक स्वास्थ्य,व्यक्तिगत सुरक्षा (Safety) लगायतका महत्वपुर्ण विषयहरुमा निर्देशन सम्बोधन गर्नु भएको थियाे ।
२९ चैत २०८०, बिहीवार २२:३० बजे प्रकाशित