प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न

Nepal Life Insurance Long Ad

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।

३० बर्ष सेवा अवधी पुरा भई अनिवार्य अवकाश भएका प्रहरी वरिष्ठ नायव निरीक्षक बिष्णु बहादुर श्रेष्ठलाई एक समारोह बीच मायाको चिनो प्रदान गरी निवृत्त जीवनको शुभकामना सहित बिदाई गर्नु भएको हाे ।

शुभकामना मन्तव्यका क्रममा कार्यकारी निर्देशकद्वारा निज प्र.व.ना.नि.बिष्णु बहादुर श्रेष्ठ एक कुशल र अनुशासित प्रशिक्षक रहेको र निजले प्रतिष्ठानमा विगत १८ वर्षदेखि निरन्तर बाह्य प्रशिक्षकको भूमिका रही व्यवसायिक रूपमा तथा दक्ष प्रहरी कार्मचारी उत्पदानमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको कुरा समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्र.ना.म.नि. उमेश राज जोशी, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्र.व.उ. दिपेन्द्र जि.सी., सह-निर्देशकहरू प्र.व.उ. दीप शम्शेर राणा तथा प्र.व.उ. बेल बहादुर पाण्डे, उप-निर्देशकहरू अन्य सिनियर तथा जुनियर अधिकृत लगायत प्र.व.ह. देखि प्र.ज. सम्मको उपस्थिती रहेको थियो ।

३० चैत २०८०, शुक्रवार १८:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु