पर्सा प्रहरीकाे सफलता : चैत महिनामा ५ करोड ८७ लाख रुपैयाँको भन्सार छलिको सामग्री बरामद

Nepal Life Insurance Long Ad

वीरगंज । पर्सा प्रहरीले एक महिनाको अवधिमा ठुलो मात्रामा ५ करोड ८७ लाँख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री पक्राउ गरेको जनाएको छ ।

पर्साका विभिन्न नाकाहरुमा कडाई गरि प्रहरीले एक महिनाको अवधिमा चोरी पैठारी गरि ल्याएको अवैध सामग्री ५ करोड ८७ लाख ३६ हजार ७९९ रुपैया बराबरको बरामद गरि वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए ।
पर्सा प्रहरीले राजस्व अभिवृद्धी तथा भन्सार चोरी पैठारी न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयबाट परिचालन भएको टोलीले चैत महिनामा १ करोड २३ लाख ४६ हजार ४९९ रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए ।
उपरीक्षक ढुंगेलका अनुसार एक महिनामा पर्साका विभिन्न स्थानबाट रू. १ करोड २३ लाख ४६ हजार ४ सय ९१ रुपैयाँ बराबरको लत्ता कपडा रहेका छन् भने सोही अवधिमा १ करोड १० लाख ८७ हजार ७१० रुपैयाँ बराबरका सवारी साधन तथा पार्टपुर्जा बरामद गरिएको छ । त्यसैगरी १ करोड ४२ लाख २३ हजार ९१७ रुपैयाँ बराबरको किराना तथा खाद्यान्न सामग्री बरामद गरिएको उनले बताए । 
यस्तै २ करोड १० लाख ७८ हजार ६८१ रुपैयाँ बराबरको विद्युतीय सामग्री बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उपरीक्षक ढुंगेलले बताए ।
पक्राउ परेका  सामग्रीहरू चैत ३० गते आज वीरगञ्ज भन्सार कार्यालयसँगै राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

३० चैत २०८०, शुक्रवार १९:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु