एआईजी टेक राईद्वारा उदयपुरको लिम्चुङबुङमा प्रहरी भवनको समुद्घघाटन
वि.सं.२०८१ वैशाख १ शनिवार ००:४४
9.54K
shares
shares

उदयपुर । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक राईद्वारा उदयपुर जिल्लाको लिम्चुङबुङमा नवनिर्मित प्रहरी भवनको समुद्घघाटन गर्नु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजनामा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग प्रमुख एआईजी टेक प्रसाद राईको प्रमुख आतिथ्यतामा इलाका प्रहरी कार्यालय लिम्चुङबूङको भवन समुद्घघाटन गर्नु भएको हाे ।

साथै समुद्घाटन कार्यक्रम पश्चात उपस्थित स्थानीयहरुसँग शान्ति सुरक्षा बिषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियाे भने, कार्यक्रममा प्राप्त भएका जिज्ञासाहरूको प्रमुख अतिथी र उदयपुर प्रहरी प्रमूख एसपी रमेश थापाद्वारा सम्बोधन समेत गरिएको थियो ।































