निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न (तस्बिरमा हेर्नुस् )

Nepal Life Insurance Long Ad

काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीद्वारा प्रहरी कर्मचारी तथा खेलाडीहरूको निरीक्षण गर्नु भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानकाे उहाँले निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम आज सम्पन्न गर्नु भएको हाे ।

सोही क्रममा नेपाल प्रहरी खेलकुद समितिमा कार्यरत रहेका सम्पूर्ण खेलका खेलाडी तथा प्रशिक्षकहरुलाई आउँदा दिनहरुमा नेपाल प्रहरीको खेलकुदलाई प्रभावकारी र सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देशन दिनु भयाे ।

साथै खेलाडीहरुलाई उत्प्रेरणाको लागि प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको आयोजनामा व्यवस्था गरिएको दिवा खाना कार्यक्रममा खेलाडीहरुको साथमा सरिक हुनु भएको थियो ।

२ वैशाख २०८१, आइतवार १९:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु