एआईजी सन्दिप भण्डारीकाे विदाईमा : ‘जब सिनियर/जुनियर प्रहरी अधिकृतहरुकाे आँखामा आशु थियाे’

प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी ३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका हुन्

Nepal Life Insurance Long Ad

काठमाडौ । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी ३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका छन् ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी भण्डारीलाई मङ्लबार फौजी परम्परा अनुसार भब्यताका साथ प्रहरी प्रशिक्षण प्रतिष्ठानले बिदाइ गरेको हाे।

प्रहरी अधिकारीहरुले नेतृत्व गरेको जिल्ला, प्रदेश वा विभागको कार्यकाल सकिदै गर्दा केही न केही छाप छाडेर जान्छन् । अझ विभागको नेतृत्व गरेर विदा हुने बेला प्रहरी अधिकारीहरुको प्रशंसा पाउने भन्दा आलोचना पाउने धेरै हुन्छन् ।  विगत अथवा बर्तमान अवस्था समेत विभिन्न कारणले आलोचना पाउने प्रहरी अधिकारीहरु धेरै नै हुन्छन्। तर त्यस्ता केही प्रहरी अधिकारीहरु छन्, जसको विदाईमा मातहतका कर्माचारी तथा  नागरिकहरु, बौद्धीक वर्ग असाध्यै नरमाइलो अनुभुति गर्छन् ।

नेपाल प्रहरीमा इमानदार र व्यावसायिक प्रहरी अधिकृतको छवि बनाउन सफल प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सन्दिप भण्डारीको विदाई कार्यक्रममा आम नागरिक  र  मातहतका कर्माचारीले त्यस्तै नरमाइलो अनुभुति गरेका छन् ।

जब बिदाई भए तब सिनियर/ जुनियर प्रहरी अधिकृतहरुकाे आँखामा आशु थियाे , प्राय सबैकाे आँखाहरु रसाएका थिए । सिनियर प्रहरी अधिकृतलाई मात्रै हाेईन जुनियरहरुलाई उत्तिकै माया सद्भाव सबैलाई उस्तै समान ब्यवहार गर्थे भण्डारी । सेवामा रहदा जहाँ उनकाे कार्यक्षेत्र हुन्थ्यो त्यहाँ उत्तिकै माया पाई रहन्थे  कतिपय अवस्था यस्ताे पनि हुन्छ जहाँ प्रहरी कर्मचारीहरु भावविहाल भएका थिय । भण्डारीप्रती सिनियर जुनियर  कर्मचारीहरुकाे स्नेह माया सद्भाव अत्यन्तै रहेकाे थियाे ।

एआईजी भण्डारीले गरेको काम, उनको समयमा भएको प्रगतिलाई जनता सबैले सदैव सम्झिरहने छन् । जनताले त्यस्ता कामहरुको लागि ती अधिकृतलाई सदैव सम्मान गरिरहने छन् । झन् जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने उनी जनतासँग सकेसम्म मिजासपूर्ण सहकार्यमा समन्वय गरि काम गर्ने गरेका थिए ।

२०८१  बैशाख ०५ गतेबाट उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश भएका भण्डारीलाई प्रतिष्ठानमा औपचारिक कार्यक्रम आयोजना गरी विदाई कार्यक्रम सम्पन्न गरिएको थियाे ।

५ वैशाख २०८१, बुधवार १३:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु