३० वर्ष सेवा गरेर प्रहरी अतिरिक्त महानिरीक्षकबाट बिदा भए सन्दिप भण्डारी (तस्बिरमा हेर्नुस् )

' आम जनताले प्रहरी कर्मचारीहरुले एआईजी भण्डारीलाई सदैव सम्मान गरिरहने छन्'

Nepal Life Insurance Long Ad

काठमाडौ । ३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुनु भएका  प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीलाई आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले बिदाइ गरेको छ।

 प्रहरी अधिकारीहरुले नेतृत्व गरेको जिल्ला, प्रदेश वा विभागको कार्यकाल सकिदै गर्दा केही न केही छाप छाडेर जान्छन् । अझ विभागको नेतृत्व गरेर विदा हुने बेला प्रहरी अधिकारीहरुको प्रशंसा पाउने भन्दा आलोचना पाउने धेरै हुन्छन् ।  विगत अथवा बर्तमान अवस्था समेत विभिन्न कारणले आलोचना पाउने प्रहरी अधिकारीहरु धेरै नै हुन्छन्। तर त्यस्ता केही प्रहरी अधिकारीहरु छन्, जसको विदाईमा मातहतका कर्माचारी तथा  नागरिकहरु, बौद्धीक वर्ग असाध्यै नरमाइलो अनुभुति गर्छन् ।

नेपाल प्रहरीमा इमानदार र व्यावसायिक प्रहरी अधिकृतको छवि बनाउन सफल प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सन्दिप भण्डारीको विदाई कार्यक्रममा आम नागरिक  र  मातहतका कर्माचारीले त्यस्तै नरमाइलो अनुभुति गरेका छन् ।

जब बिदाई भए तब सिनियर/ जुनियर प्रहरी अधिकृतहरुकाे आँखामा आशु थियाे , प्राय सबैकाे आँखाहरु रसाएका थिए । सिनियर प्रहरी अधिकृतलाई मात्रै हाेईन जुनियरहरुलाई उत्तिकै माया सद्भाव सबैलाई उस्तै समान ब्यवहार गर्थे भण्डारी । सेवामा रहदा जहाँ उनकाे कार्यक्षेत्र हुन्थ्यो त्यहाँ उत्तिकै माया पाई रहन्थे  कतिपय अवस्था यस्ताे पनि हुन्छ जहाँ प्रहरी कर्मचारीहरु भावविहाल भएका थिय । भण्डारीप्रती सिनियर जुनियर  कर्मचारीहरुकाे स्नेह माया सद्भाव अत्यन्तै रहेकाे थियाे

एआईजी भण्डारीले गरेको काम, उनको समयमा भएको प्रगतिलाई जनता सबैले सदैव सम्झिरहने छन् । जनताले त्यस्ता कामहरुको लागि ती अधिकृतलाई सदैव सम्मान गरिरहने छन् । झन् जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने उनी जनतासँग सकेसम्म मिजासपूर्ण सहकार्यमा समन्वय गरि काम गर्ने गरेका थिए ।

राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक  सन्दिप भण्डारीकाे विदाई कार्यक्रम सम्पन्न भएको छ ।   २०८१।०१।०५ गतेबाट उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश हुनु हुने भएकोले प्रतिष्ठानमा औपचारिक कार्यक्रम आयोजना गरी विदाई कार्यक्रम सम्पन्न गरेकाे हाे ।

विदाई कार्यक्रममा प्रतिष्ठानका निर्देशक प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले विदाई भई जानु हुने प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गरी शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।

मन्तव्य राख्ने क्रममा समाजमा अपराध नियन्त्रण गर्ने, अपराधको प्रभावकारी अनुसन्धान गरी शान्ति सु-व्यवस्था कायम गर्ने महत्वपूर्ण जिम्मेवारी बोकेको यस पवित्र संगठनमा सेवा गर्न पाउनु नै एउटा नागरिकको लागि गर्वको कुरा हो, त्यसमा पनि करिव ३० बर्ष अविछिन्न सेवा गरी नेपाल प्रहरीका बिभिन्न प्रहरी इकाईहरुमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरी प्रहरी जीवनबाट स-सम्मान अवकास हुन लाग्नु भएकोमा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीलाई हार्दिक बधाई दिंदै उहाँको भावि जीवनको उत्तरोत्तर प्रगतीको लागि शुभकामना व्यक्त गर्नु भयो ।

यसै गरी उहाँलाई पेशागत जिवनमा सफल बनाउन सदैव साथ दिई हौसला प्रदान गरिरहनु हुने उहाँकी धर्मपत्नी प्रभा शर्मा भण्डारीज्यूलाई समेत हार्दिक धन्यवाद तथा शुभकामना दिनु भयो ।

विदाई मन्तव्य राख्ने क्रममा अवकास हुनुहुने प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले आफुले नेपाल प्रहरीको सदस्य भई २९ बर्ष १ महिना सम्म निरन्तर राष्‍ट्र तथा अन्तराष्ट्रिय रुपमा सेवा गर्ने अवसर पाएकोमा ज्यादै गौरवान्भित भएको महशुस गरेको र जीवन सफल भएको ठानेको कुरा व्यक्त गर्दै आफ्ना मातापिता, परिवारजन, नेपाल सरकार, तालुक कार्यालयहरु, नेपाली नागरिक, नेपाल प्रहरी संगठन, प्रत्यक्ष परोक्ष साथ सहयोग गर्नुहुने सबै महानुभावहरुको स्मरण गर्दै सबै प्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नु भयो ।

मन्तव्य राख्ने क्रममा उहाँले “Once a cop is always a cop” अर्थात् एक पटक प्रहरीको पहिचान बनाए पछि बाचुञ्जेल हाम्रो परिचय प्रहरीकै रुपमा रहने भएकोले यस पहिचानलाई बाँचुञ्जेल अक्षुण्ण राख्ने आफूले प्रण गरेको कुरा समेत व्यक्त गर्नु भयो।

कार्यक्रममा नेपाल प्रहरी शिक्षालय, भरतपुरका निर्देशक, प्रहरी नायब महानिरीक्षक सुरेन्द्र प्रसाद मैनाली, प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी अध्यक्ष प्रभा शर्मा भण्डारी, नेपाल प्रहरी श्रीमती संघकी सचिव एवं प्रतिष्ठान परिवार नारी विकास प्रशिक्षण केन्द्रकी उपाध्यक्ष सन्ध्या जोशी, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयका प्राचार्य, प्रहरी वरिष्ठ उपरीक्षक  भोला बहादुर रावल, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालयका प्रधानाचार्य प्रहरी वरिष्‍ठ उपरीक्षक दिपेन्द्र जि.सि., लगायतका प्रतिष्ठानका प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

(तस्बिरमा हेर्नुस् विगत र बर्तमानका तस्बिरहरू )

४ वैशाख २०८१, मंगलवार २२:०० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु