आर्थिक प्रशासन ग्रेड-१ (प्र.ह./प्र.ज.) तालिम आठौं समूहको अनतर्क्रिया तथा समापन कार्यक्रम सम्पन्न

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरीक्त महानिरीक्षक सन्दिप भण्डारीकाे प्रमुख आतिथ्यतामा आर्थिक प्रशासन ग्रेड-१ (प्र.ह./प्र.ज.) तालिम आठौं समूहको अनतर्क्रिया तथा समापन कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित “आर्थिक प्रशासन ग्रेड-१ (प्र.ह./प्र.ज.) तालिम” आठौं समूहको तालिम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथिद्वारा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुको साथै अमुल्य निर्देशन सम्बोधन समेत गर्नु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक प्रदिप सुवेदीले तालिम सम्बन्धी संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा प्रतिष्ठानका सह-निर्देसक प्रहरी वरिष्ठ उपरिक्षकहरु बेल बहादुर पाण्डे र दीप शम्सेर जवरा, उप-निर्देशकहरु, सिनियर प्रहरी अधिकृतहरु तथा जुनियर प्रहरी अधिकृतहरू साथै प्रशिक्षक वर्ग र प्रशिक्षार्थीहरूको उपस्थिती रहेको थियो ।
४ वैशाख २०८१, मंगलवार १७:४० बजे प्रकाशित