कर्णाली प्रदेश प्रहरी प्रमुखद्वारा प्रहरी चौकी लालिकाडाँ, दैलेखको नवनिर्मित भवन समुद्‌घाटन

Nepal Life Insurance Long Ad

सुर्खेत । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले प्रहरी चौकी
नवनिर्मित प्रहरी चौकी लालिकाडाँ दैलेखको भवन समुद्घघाटन सुसम्पन्न भएको छ ।

प्रमुख अतिथि कर्णाली प्रदेश प्रहरी प्रमुख  प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले गुराँस गाउँपालिका वडा नम्बर ८ मा नवनिर्मित प्रहरी चौकी लालिकाडाँ दैलेखको कार्यालय/ब्यारेक, भान्साघर र शौचालय भवनको शिलालेख अनावरण साथै रिवन काटेर समुद्‌घाटन सुसम्पन्न गर्नु भएको हाे ।

उक्त कार्यक्रममा गुराँस गाउँपालिकाका अध्यक्ष श्री टोप बहादुर बि.सी.काे अध्यक्षतामा सुरू भएको उक्त कार्यक्रममा, विशेष अतिथी दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसाल, गुराँस गाउँपालिकाका उपाध्यक्ष शिवा कुमारी खड्का, जिल्ला प्रहरी कार्यालय दैलेखका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक सुनिल दाहाल, गुराँस गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, अतिथिहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, राजनितिक दलका प्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, समाजसेवी, जग्गादाता, वुद्धिजिवीहरु तथा सञ्चारकर्मीहरू लगायत स्थानिय सर्वसाधारणको उपस्थिति रहेको थियो ।

संघिय सरकारबाट उपलब्ध बजेट रकम रू.४,०८,९५,३२०।५० ( चार करोड आठ लाख पन्चानब्बे हजार तिन सय बीस रुपियाँ पचास पैसा ) लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । नवनिर्मित भवनको समुद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुदैँ प्रमुख अतिथि कर्णाली प्रदेश प्रहरी प्रमुखले आम नागरिकको सहयोग विना प्रहरी एक्लैले मात्र शान्ति सुरक्षा कायम राख्न प्रयाप्त नहुने हुनाले विगतमा जस्तै आगामी दिनहरूमा समेत यस क्षेत्रका आमजनसमुदायहरू र प्रहरीको आपसी सहयोग र सद्‌भावले अपराध नियन्त्रणमा उल्लेखिनिय भुमिका खेल्ने कुरामा म विश्वस्त छु । यसै गरी आगामी दिनहरूमा यस क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी हुनुको साथै गुणस्तरिय नागरिक सेवा प्रवाह हुने र प्रहरी कर्मचारीको कार्यसम्पादन स्तरमा थप मनोबल अभिवृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।

१४ वैशाख २०८१, शुक्रवार २०:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु