प्रहरी नायब महानिरीक्षक उमेशराज जोशी र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती बिच भेटवार्ता सम्पन्न
काठमाडौ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक उमेश राज जोशी र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती बिच भेटघाट भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निमित्त कार्यकारी निर्देशक उमेश राज जोशी र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती बिच बिहीबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा भेटघाट भएको थियो ।
भेटघाटको क्रममा उहाँहरू बिच आपसी सहयोग, सूचनाको आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको थियो ।
यसअघि आइजीपी कृष्ण मुर्ती समेत ६ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.व.रा.ले राष्ट्रिय पहरी प्रशिक्षण प्रतिष्ठानको परिचय, इतिहास, सांगठनिक संरचना, काम कर्तव्य, पाठ्यक्रम निर्माण, तालिम क्यालेण्डर निर्माण, नव निर्मित रा.प्र.प्र.प्र. काभ्रे परियोजना सम्बन्धि र काभ्रे परियोजनाको श्रव्यदृश्य सामाग्री समेतको विषयहरूमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
इन्डोनेसियन नेशनल प्रहरीको तर्फबाट Police Brigadier General ANGGRAINI PUTRI ले इन्डोनेसियन नेशनल प्रहरीको परिचय, भुमिका, सांगठानिक संरचना, UN Mission मा सहभागिता आदि सम्बन्धमा प्रस्तुतीकरण गर्नु भई विभिन्न गतिविधि समेटिएको श्रव्यदृश्य सामाग्री सहित प्रस्तुतीकरण गर्नु भएको थियो ।
इन्डोनेसियन नेशनल प्रहरीको आइजीपी कृष्ण मुर्ती र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी विच मायाको चिनो आदान प्रदान कार्यक्रम गर्नुका साथै यस प्रतिष्ठानको हाताभित्र रहेको अपराध अनुसन्धान विद्यालयको SOCO Laboratory Visit गराईएको थियो ।
आइजीपी कृष्ण मुर्ती समेतको टोली ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएका थिए । कृष्ण मुर्ती सहितको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजबाट नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
२० वैशाख २०८१, बिहीवार १८:०४ बजे प्रकाशित