डिआईजी खापुङद्वारा जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण

4.39K
shares

बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले आज जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ ।

निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पुर्ण शाखाहरु, ब्यारेक, मेस, क्यान्टिन लगायत हिरासत कक्षको समेत निरीक्षण तथा अवलोकन गर्नु भएको थियो ।

भ्रमण अवलोकन पश्चात जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुहुँदै प्रहरी शासक होईन सेवक हो भन्ने धारणालाई आत्मसात गरी कानूनको परिधीमा रहेर जन चाहाना बमोजिमको सुरक्षा प्रदान गर्न निर्देशन दिनुभयो ।

यसका साथै उहाले सामाजिक संजालको सहि सदुपयोग गर्न, साईबर क्राईमका घटनाहरुलाई न्युनिकरण गर्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्नका साथै खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न आ-आफ्नो एरिया इलाकाहरुबाट लामो तथा छोटो दुरीको प्रहरी गस्ती खटाउन समेत निर्देशन दिनु भयो ।

सम्बोधनकै क्रममा उहाले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने र आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संगठन र कार्यालयको श्री बृद्धीमा लागी पर्नका साथै ऐन नियमहरुको अध्ययन गर्ने बानी बसाल्न समेत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख खापुङलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जिल्लाको समग्र शान्ति सुरक्षाको सम्बन्धमा जानकारी गराउनु भएको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083