“प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) २-१७४ औं समूह” को तालिम सम्पन्न

चितवन । नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायव महानिरीक्षक सुरेन्द्र प्रसाद मैनालीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ।
आ.व. ८०/८१ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार २०८०/११/२० गते देखि नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित “प्रहरी सहायक निरीक्षक आधारभूत (अल्पकालिन) तालिम २-१७४ औं समूह” को तालिम आज सम्पन्न भएको हाे ।
उक्त अवसरमा प्रमुख अतिथीले सहभागीहरूबाट आएका जिज्ञासाहरुको सम्बोधन गर्नु भई विभिन्न विधामा उत्कृष्ट भएका तथा तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रहरी सहायक निरीक्षकहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
५० जना प्रहरी सहायक निरीक्षकहरू सहभागी उक्त तालिममा सर्वप्रथम प्रहरी सहायक निरीक्षक बिष्णु मल्ल, कवाज प्रथम प्रहरी सहायक निरीक्षक प्रविन घलान, अध्ययन प्रथम प्रहरी सहायक निरीक्षक काशी नाथ चौधरी, शारीरिक व्यायाम प्रथम प्रहरी सहायक निरीक्षक तेज बहादुर कठायत तथा चाँदमारी प्रथम प्रहरी सहायक निरीक्षक शिवजी दास हुनु भएको थियो भने सम्पूर्ण सहभागीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् ।
उक्त समापनको अवसरमा प्रमुख अतिथीले पदोन्नतीसगै प्राप्त जिम्मेवारी बहन गर्न सक्ने बनाउन सञ्चालन गरिने अल्पकालीन आधारभूत तालिमले प्रशिक्षणका क्रममा सिकेका ज्ञान, सीप र कौशललाई अब्बल भएर कार्यक्षेत्रमा कार्य सम्पादन गर्न निर्देशन दिनु भएको थियो भने तालिम संयोजक प्रहरी निरीक्षक गोपाल पौडेलले तालिम प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
२३ वैशाख २०८१, आइतवार १६:२० बजे प्रकाशित