चौकी इन्चार्जसहित ३ प्रहरीमाथि कुटपिट, ३ जना पक्राउ

3.47K
shares

पोखरा । स्याङ्जाको प्रहरी चौकी थुमपोखरीका इन्चार्जमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ गर्नेमा २५ वर्षीया काजी गुरुङ, २४ वर्षीय सुदीप गुरुङ र २८ वर्षीय रविन गुरुङ रहेका छन् ।

उनीहरुले स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएका प्रहरी चौकी थुमपोखरीका इन्चार्ज असई मनोजकुमार सिंहसहितको टोलीमाथि कुटपिट गरेका थिए ।

झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि उनीहरुले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाकाअनुसार सिंहसहित ३ जना प्रहरी घटनास्थलमा पुगेका थिए ।

कुटपिटबाट असई सिंहको नाकमा चोटपटक लागेको र पोखरामा उपचार भइरहेको छ ।

divya collage
unigloble collage
baneshwor multiple campus ad -2083