स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ

Nepal Life Insurance Long Ad

काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

२८ वैशाख २०८१, शुक्रवार ०९:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु