खेलकुद प्रशिक्षक तथा खेलाडीहरुसँग अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न

प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न

Nepal Life Insurance Long Ad

बिराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेको प्रमुख आतिथ्यतामा खेलकुद प्रशिक्षक तथा खेलाडीहरुसंग अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथिले खेलाडीहरुले विभिन्न स्थानमा गरेको खेलको उच्च प्रशंसा गर्नु भई आगामी दीनहरुमा खेललाई अझ निखार्दै लानुका साथै अनुशासित भएर खेल प्रदर्शन गर्न र संगठनको नाम उच्च राख्नु भनि निर्देशन समेत दिनु भयो ।

May be an image of 2 people and text

May be an image of 6 people, table and text

खेलकुद प्रशिक्षक प्र.ना.नि. दिपेन्द्र पौडेलले उपलब्ध प्रशिक्षण सामाग्रीहरु र खेलाडीहरुको फोटो सहितको विवरण प्रमुख अतिथि समक्ष Presentation द्वारा जानकारी गराउनु भएको थियो ।

उक्त कार्यक्रममा यस केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक रविन विष्ट, प्रहरी निरीक्षक आशिस पोखरेल, खेलकुद प्रशिक्षक प्र.ना.नि. दिपेन्द्र पौडेल लगायत फुटवल तथा भलिवल टीमका सम्पूर्ण खेलाडीहरुको उपस्थिति रहेको थियो ।

May be an image of 1 person, dais and text

May be an image of 9 people, table and text

२ जेठ २०८१, बुधवार २३:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु